२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

राप्तीसोनारीमा झडप हुँदा १ जना गम्भीर घाइते, ३ पक्राउ



नेपालगञ्ज : बाँके राप्तीसोनारी गाउँपालिका वडा न ९ उद्दैनमा आइतवार १२ बजे युवाहरू बिच झडप भएको छ ।

झडपमा परी नेपाली सेनामा कार्यरत बिदामा घर आएका राप्तीसोनारी ९ उद्दैनका विष्णु खत्री गम्भीर घाइते भएका छन् ।

उनको नेपालगञ्ज मेडिकल कलेज नर्सीङ्ग होममा उपचार भैरहेको र उनको टाउकोमा गहिरो चोट लागेको छ ।

उनलाई कुटपिट गर्ने राप्तीसोनारी ९ का वर्ष १८ को मनोज खत्री, सोही ठाउँ बस्ने वर्ष २४ को जिवन खत्री र वर्ष २५ को केशव पुनलाइ प्रहरी पक्राउ गरेको छ ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक २७ गते सोमबार
ताजा समाचार