Sadarline
२०८३ असोज २९ , बिहीबार

बर्दियामा आगलागी हुँदा एकै घरका ४ जनाको मृत्यु



नेपालगञ्ज : बर्दियाको गुलरियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ ।

जिल्लाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा शुक्रवार राती करिब १० बजेतिर आगलागी हुँदा चार जनाको मृत्यु भएको हो बर्दिया प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा रहेका छन् ।

आगलागीबाट घाइते भएकी २८ वर्षकी करिश्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०८० मंसिर ९ गते शनिबार
ताजा समाचार