Sadarline
२०८३ असोज २९ , बिहीबार

करणी गरेको आरोप बाँकेमा ३ जना पक्राउ



खजुरा (बाँके) : बाँकेमा २० वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका–१ जलपोखरी बस्ने २० वर्षीय युवराज राना, २० वर्षीय समिर थापा र २२ वर्षीय प्रबिण थापा रहेका छन् ।

युवराज, समिर, प्रबिण र जानकी गाउँपालिका–२ चौधरीपुर बस्ने २० वर्षीय सन्देश थापा क्षेत्रीले ती महिलालाई सोही गाउँपालिका–१ जलपोखरीस्थित अरहर बारीमा लगि गत कात्तिक ३० गते पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूमध्ये तीन जनालाई पक्राउ गरेको हो ।

हाल फरार सन्देश थापा क्षेत्रीको प्रहरीले खोजी गरिरहेको छ । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर ६ गते बुधबार
ताजा समाचार