बर्दियामा आगलागी हुँदा एकै घरका ४ जनाको मृत्यु

सदरलाइन संवाददाता ९ मंसिर २०८०, शनिबार १३:२०
 

नेपालगञ्ज : बर्दियाको गुलरियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ ।

जिल्लाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा शुक्रवार राती करिब १० बजेतिर आगलागी हुँदा चार जनाको मृत्यु भएको हो बर्दिया प्रहरीले जानकारी दिएको छ ।


प्रहरीका अनुसार मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा रहेका छन् ।

आगलागीबाट घाइते भएकी २८ वर्षकी करिश्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवौं धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका पार्कीलाई

९ मंसिर २०८०, शनिबार १३:२०
नेपालगञ्ज : नवौं धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् । यसअघि उनले छैठौं संस्करणको उपाधि पनि जितेका थिए । उपाधिसंगै पार्कीले २ लाख नगद पुरस्कार जितेका छन् । उनले यसअघिको संस्करणका विजेता नेपाली सेनाका खडक बहादुर खड्कालाई पछि पार्दै उपाधि जितेका हुन् । खड्काले दोस्रो स्थानमा चित्त […]

सम्बन्धित