कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु

सदरलाइन संवाददाता ९ फाल्गुन २०७८, सोमबार १५:२२
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु भएको छ । बर्दिया, गुलरिया नगरपालिका वडा नम्बर ८ निवासी २७ वर्षीय युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।


भेरी अस्पतालमा यही फागुन ७ गते भर्ना भएका उनको आइतबार राती ९ बजेतिर मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । गत माघ २८ गते भेरीको प्रयोगशालामा परिक्षण गर्दा युवकलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।

कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका ३ सय ५१ जनाको मृत्यु भएको छ । यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका ४ सय ४८ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिभुवनको शालीक राखिएकोप्रती सत्तागठबन्धनले गम्भीर आपती जनाउँदै प्रशासनलाई ज्ञापनपत्र

९ फाल्गुन २०७८, सोमबार १५:२२
 नेपालगञ्ज : नेपालगञ्जको त्रिभुवनचोकमा राजा त्रिभुवनको शालीक राखिएकोप्रती सत्तागठबन्धनले गम्भीर आपती जनाउँदै प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन । नेकपा माओवादी केन्द्र बाँके, नेकपा (एकीकृत) समाजवादी, राष्ट्रिय जनमोर्चा नेपाल, जनता समाजवादी पार्टीले प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएको हो । फागुन ७ गते प्रजातान्त्र दिवसका दिन राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले शालीक पुनर्स्थापना […]