खजुरामा अनलाइनबाटै सेवाग्राही सन्तुष्टि सर्वेक्षण गरिँदै

सदरलाइन संवाददाता १६ बैशाख २०८०, शनिबार १३:३४
 

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम मार्फत नागरिकको सुझाव लिन शुरु गरेको छ ।

गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहका विषयमा नागरिकले कत्तिको सन्तुष्टि पाइरहेका छन् भन्ने बारेमा सर्वेक्षण फारम मार्फत बुझ्न खोजेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।


कार्यालायले नागरिक प्रतिको सेवा प्रबाहलाई प्रभाबकारी बनाउन गुगल फरमेटबाट नागरिक सेवाप्रबाहको सन्तुष्टि सर्बेक्षण गरि सेवा प्रबाहमा आबस्यक सुधारको योजना बनाएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताए । सेवाग्राही सन्तुष्टि सर्वेक्षण फारममा ११ प्रश्न समावेस गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा खेलाडीका लागि दोस्रो पौडी पोखरी सञ्चालित

१६ बैशाख २०८०, शनिबार १३:३४
नेपालगञ्ज : बाँके जिल्लामा पौडी खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दोस्रो अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको पौडी पोखरीलाई खेलाडीका लागि सञ्चालनमा ल्याइएको पोखरीका सञ्चालक टेक श्रेष्ठले बताए । यसअघि आठौं राष्ट्रिय खेलकुदको अवसरमा नेपालगञ्जस्थित रंगशालामा ललितपुर पछिको […]