नवौं धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका पार्कीलाई

सदरलाइन संवाददाता ९ मंसिर २०८०, शनिबार १३:२८
 

नेपालगञ्ज : नवौं धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् । यसअघि उनले छैठौं संस्करणको उपाधि पनि जितेका थिए । उपाधिसंगै पार्कीले २ लाख नगद पुरस्कार जितेका छन् । उनले यसअघिको संस्करणका विजेता नेपाली सेनाका खडक बहादुर खड्कालाई पछि पार्दै उपाधि जितेका हुन् ।

खड्काले दोस्रो स्थानमा चित्त बुझाउँदै १ लाख पुरस्कार पाएका छन् । तेस्रो स्थान एपिएफकै किरणसिंह बोगटीले हासिल गर्दै नगद ५० हजार हात पारे । यस्तै म्याराथन महिलामा सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी । सातौं संस्करणबाट लगातार प्रथम स्थान हासिल गरेर श्रेष्ठले महिला म्याराथनमा ह्याट्रिक गरेकी हुन् । यस्तै फूलमती राना द्वितीय र पुष्पा भण्डारी तृतीय भएका छन् ।


प्रथम भएसंगै सन्तोषीले ७५ हजार नगद हात गरेको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । दोस्रो भएकी रानाले ५० हजार र तेस्रो हुन सफल भण्डारीले २५ हजार नगद हात पारेका छन् ।

प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभगञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो । नेपाल सरकार र तत्कालीन सशस्त्र माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा नेपालगञ्ज म्याराथन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मालपोत र नापी कार्यालय सञ्चालन हुँदा सेवाग्राहीलाई सहज

९ मंसिर २०८०, शनिबार १३:२८
नेपालगञ्ज : गत कात्तिक १ गतेबाट मालपोत र नापी कार्यालयले कोहलपुरबाट तीनवटा पालिकामा सेवा प्रवाह शुरु भएपछि सो क्षेत्रका सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । बाँकेको कोहलपुर, बैजनाथ र राप्तीसोनारीका २७ वडाका नागरिकको जग्गासम्बन्धी काम कोहलपुरबाट हुन थालेपछि नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको र सेवा लिन सहज भएको सेवाग्राहीको भनाइ […]