कोरोना महामारीको निवारण र स्वच्छपर्यावरणका लागि आर्य समाजद्वारा महायज्ञ तथा नगरयात्रा

लक्ष्मी तिमिल्सेना ११ जेष्ठ २०७८, मंगलवार १९:४८
 


नेपालगञ्ज : कोरोना महामारीको निवारण र स्वच्छ पर्यावरणका लागि आर्य समाज बाँकेले महायज्ञ तथा नगर यात्रा गरेको छ । मंगलबार दिउंसो नेपालगञ्जमा सामान ढुवानीका लागि प्रयोग गरिने अटोमा बनाईएको यज्ञ मण्डप निर्माण गरी यज्ञ चरु होम गर्दै नगर यात्रा गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एस्पी ओमबहादुर रानाको प्रमुख आतिथ्यतामा त्रिवेणीमोडबाट सुरु भएको महायज्ञको नगर यात्रा न्युरोड हुदै पुष्पलाल चोक, धम्बोझी चोक र बिपिचोकबाट त्रिभुवनचोक हुदै सदरलाइनसम्म पुगेको थियो ।

आर्य समाज बाँकेका अध्यक्ष राजुमान श्रेष्ठ आर्यले मंगलवार नेपालगञ्ज उपमहानगरमा महायज्ञ गरी कोरोना महामारीको निवारण र स्वच्छ पर्यावरण हुने दाबी गरे ।

उनले यज्ञमा औषधिका रुपमा प्रयोग हुने आँपको रुखका सुकेका टुक्रा, जौँ, तिल, गाईंको घिऊ र करिब १ सय भन्दा किसिमको फरक–फरक औषधिय गुणको जडिबुटीबाट हवन गर्ने परम्परा रहेको बताउदै यी औषधिले पर्यावरणमा सकारात्मक ऊर्जाको निर्माण गर्ने बताए ।


‘यस्तो यज्ञले थुप्रै किसिमका रोग फैलाउने किटाणुलाई नष्ट गर्न पनि सहयोगी भूमिका खेल्दछ । प्रकृतिलाई सन्तुलित राख्न तथा वातावरणलाई दुषित हुनबाट यज्ञ कार्यले बचाउने धार्मिक शास्त्रका साथै वैज्ञानिक अध्ययनले पनि देखाएका छन् । यसकारण हामीले पनि यो गर्न आवश्यक ठान्यौं’– श्रेष्ठले थपे ।

उनका अनुसार सो महायज्ञ नगर यात्राले यहाँको कोरोना निवारणमा सहयोग पुग्नुका साथै नगर वरपरको पर्यावरणमा शुद्वता ल्याउनमा मद्दत पुग्ने छ ।

सदरलाइन डटकमसंग कुरा गर्दै समाजका सहसचिव प्रमोद शोनीले जहाँ विज्ञान सकिन्छ त्यहाँबाट अध्यात्मको सुरु हुने भएको कुरामा जोड दिदै भने–‘हामीलाई रुढीवादी भन्नेहरुले हामीकहाँ आएर हेरुन कि हामी अन्धविश्वासी होईनौ । हामी अनुसन्धान गर्छौं । अध्यात्म र विज्ञानका वारेमा र यज्ञलाई विज्ञानले पनि मानेको छ ।’ यो कुनै धार्मिक काम मात्र नभएर यज्ञ एक महत्वपूर्ण विज्ञान पनि भएको आर्य समाजकै सुरेन्द्र शोनीले बताउछन् ।

आर्य समाज नेपालगञ्जका संस्थापक राजकुमार आर्यले १ सय भन्दा बढी सामाग्रीद्वारा निर्मित चरुको आहुती दिदै यज्ञको बैदिक काम गर्दै आएका थिए । आर्य समाजकै ओमकार स्वदेशी वैदिक मन्त्र पढी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा ६ जनाको मृत्यु

११ जेष्ठ २०७८, मंगलवार १९:४८
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ४ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका २ जना, रुकुम पश्चिममा २ जना र दाङ र सल्यानका १÷१ जना छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र […]