सुत्केरीको मृत्युपछि डडेल्धुरामा तनाव

३२ जेष्ठ २०७६, शनिबार १४:५९
 

सदरलाइनडटकम,
डडेल्धुरा : चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा सदरमुकाममा प्रदर्शन गरेका छन् । अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा ‘ब्लिडिङ’ नरोकिएपछि शुक्रवार मृत्यु भएको थियो ।
मृतकका आफन्तले शनिवार नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गरेका हुन् । सदरमुकामको तुनाडाँडा चोक हुँदै जिल्ला प्रशानस कार्यालय खलंगामा महिलाहरुले प्रदर्शन गरेका हुन् । यातायात बन्द दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले सडकमा टायर बालेर यातायात पूर्णरुपमा ठप्प पारेका छन् ।
सडक अवरुद्ध हुँदा डडेल्धुरा भएर बैतडी, बझाङ, दार्चुलाका साथै पहाडबाट तराइ जाने सवारीसाधन पनि रोकिएका छन् भने आन्दोलनका कारण यात्रुहरू मारमा परेका छन् ।


यस्तो छ घटना
शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा पाएकी उनी ९ दिन वेडभर्ना भएको बुझिएको छ । लगातार ‘ब्लिडिङ’ भएपछि शुक्रवार डडेल्धुरा अस्पताल पुगेकी उनलाई अस्पतालले ८ पिन्ट रगत दिएपनि बचाउन नसकेको एक स्वाथ्यकर्मीले बताए ।
उनका अनुसार अवस्था गम्भीर भएपछि ८ पिन्ट रगत दिएर रिफर गर्ने हेलिकोप्टरको समेत अस्पतालले व्यवस्था गरिएको थियो । शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । चिकित्सकले लापरबाही गर्दा सुत्केरीले मृत्यु भएको पीडित पक्षको आरोप छ । उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
यता, अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाही वा के कारण मृत्यु भएको भन्नेबारे केही बोल्नेको छैन । शुक्रबार साँझ आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा आंशिक क्षति भएको छ ।

Next Post

विश्वकप क्रिकेटमा भोली भारत–पाक भिड्दै

३२ जेष्ठ २०७६, शनिबार १४:५९
सदरलाइनडटकम, काठमाण्डौ : आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतवार ‘हाई भोल्टेज’ खेलमा भारत र पाकिस्तान आमने सामने हुँदैछन् । यद्दपि यो भेट भने कुनै नयाँ होइन । म्यानचेस्टरको मैदानमा आमने सामने हुन लागेका भारत र पाकिस्तानबीचको खेल जारी विश्वकपकै सर्वाधिक चासोको रुपमा हेरिएको छ । तर आइतवारको खेललाई भने मौसमले प्रभाव […]

सम्बन्धित