पेन्ट्समा लेड (सिसा) को मापदण्ड प्रभावकारी ढंगले कार्यान्वयनमा जोड

सदरलाइन संवाददाता २३ कार्तिक २०८०, बिहीबार १५:२९
 

नेपालगञ्ज : पेन्ट्समा लेड (सिसा) को मापदण्ड प्रभावकारी ढंगले कार्यान्वयनमा गर्ने विषयमा सरोकारवाला निकायका सबै पक्ष सहमत भएका छन् ।

जनस्वास्थ्य तथा बाताबरण प्रबन्धन केन्द्रले नेपालगञ्ज उपमहानगर तथा भेरी अस्पतालसंगको सहकार्यमा आयोजित पेन्टसमा लेड सिसा मापदण्डको प्रभावकारी कार्यन्वयन सम्बन्धी सरोकारवालाबीच कार्यशाला गोष्ठिका सहभागिले सो विषयमा सहमत भएका हुन ।


केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले कार्यक्रमको लक्ष्य र उद्देश्यमाथि प्रकाश पार्नुका साथै पेन्टसमा सिसा र यससंग सम्बन्धित प्रभावको बारेमा जानकारी दिदै नेपालमा मनाईने लेडको विषबाट बचावटका लागि अन्तराट्यि सप्ताह बारेमा जानकारी गराएका थिए ।

भेरी अस्पताल नेपालगञ्जका अध्यक्ष बिरेन्द्र बहादुर शाहको अध्यक्षता तथा नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख भन्सार अधिकूत धु्रवराज विश्वकर्मा, नेपालका लागि डब्लुएचओ कन्ट्री अफिसका राजाराम पोटे श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ नेपालगञ्ज अध्यक्ष टंकबहादुर धामी, नेपाल घरेलु तथा साना उद्योग संघ नेपालगञ्जकी अध्यक्ष श्रीमती डिला शाह आशिर्वाद पेन्ट्सका किरण कार्की लगाएतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कात्तिक २५ देखि नेपालगञ्जमा लुम्बिनी प्रदेश स्तरिय स्विमिङ्ग प्रतियोगिता

२३ कार्तिक २०८०, बिहीबार १५:२९
नेपालगञ्ज  : नेपालगञ्ज स्विमिङ्ग क्लबको.आयोजनामा आगामी कात्तिक २५ गते नेपालगञ्जको क्षेत्रीय खेलकुद विकास समितिको परिसरमा रहेको स्विमिङ्ग पुलमा लुम्बिनी प्रदेश स्तरिय स्विमिङ्ग प्रतियोगिता आयोजना हुने भएको छ । नेपालगञ्ज स्विमिङ्ग क्लबले सो बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, रुपन्देही […]

सम्बन्धित