चिकित्सक कुटपिटबिरुद्ध नेपालगञ्जमा प्रदर्शन

सदरलाइन संवाददाता ११ आश्विन २०८०, बिहीबार १२:०७
 

नेपालगञ्ज :  देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा आक्रमण हुन थालेपछि बाँकेका डाक्टरहरु पनि आफुहरु माथि हुने आक्रमणको बिराधमा सडकमा उत्रिएका छन् ।

नेपाल चिकित्सक संघ भेरीको नेतृत्वमा बाँकेका सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु काम छाडेर सडकमा उत्रिएका हुन् ।


नियमित र नियोजित रुपमा मानविय सेवामा खटिएका चिकित्सकमाथि सुनियोजितरुपमा गरिएका सांघातिक आक्रमणले ढुक्क भएर बिरामीको सेवा गर्ने अवस्था नरहेपछि आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाई छ ।

यस्ता घटनाका दोषीमाथि सरकारले कारवाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा बिनोद कुमार थापाले बताए ।

आफुहरुमाथि हुँदै आएको भौतिक आक्रमणको बिरुद्ध पूर्ण सुरक्षाको माग गर्दै आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रिएपछि बिरामी मर्कामा परेका छन् । पोखरा, हेटौडा, गुल्मी, मोरङलगायतका जिल्लामा श्रृङखलाबद्धरुपमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । पछिल्लो पटक मणिपाल अस्पताल पोखरामा सहकर्मी कुटिएपछि डाक्टरहरु सुरक्षा खोज्दै आन्दोलनमा उत्रिएका हुन । फोटो : स्वास्थ्यपेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धुमधामका साथ ‘मोहम्मद डे’ मनाईदै

११ आश्विन २०८०, बिहीबार १२:०७
  नेपालगञ्ज : ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्मदिन अर्थात ‘मोहम्मद डे’ देश विदेशमा रहेका ईस्लाम धर्मावलम्बीहरुले धुमधामले मनाउदै छन् । ईस्लामीक क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको अरबी १ तारिखदेखि १२ तारिखसम्म टोल गल्ली सजावट गर्ने र आज बिहीबार १२ तारिखको दिन मोहम्मदी जुलूस निकाल्ने […]