कात्तिक २५ देखि नेपालगञ्जमा लुम्बिनी प्रदेश स्तरिय स्विमिङ्ग प्रतियोगिता

सदरलाइन संवाददाता २३ कार्तिक २०८०, बिहीबार १९:२२
 

नेपालगञ्ज  : नेपालगञ्ज स्विमिङ्ग क्लबको.आयोजनामा आगामी कात्तिक २५ गते नेपालगञ्जको क्षेत्रीय खेलकुद विकास समितिको परिसरमा रहेको स्विमिङ्ग पुलमा लुम्बिनी प्रदेश स्तरिय स्विमिङ्ग प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपालगञ्ज स्विमिङ्ग क्लबले सो बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, रुपन्देही र नबलपरासी जिल्लाका ५६ जना खेलाडिहरु सहभागी हुने बताए ।


प्रतियोगितामा अन्डर ८ , १०, १२, १४, १५ उमेर समुहका अतिरिक्त खुल्ला उमेर समुहका खेलाडिहरु बिच प्रतिस्पर्धा हुनेछ । अन्डर ८, १० उमेर समुहका खेलाडिहरुले २५ मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन भने अन्य खेलाडिहरुले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्ने उनले बताए ।

यसैगरी खुल्लामा भने बटर फ्लाई र फ्रि स्टाइलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन सत्रमा नेपाल पौडि संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, महासचिब जगतमान श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषदका सलस्य सचिब जयप्रकाश भटटराई लगायतका अतिथिहरु सहभागी हुने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

२३ कार्तिक २०८०, बिहीबार १९:२२
नेपालगञ्ज : कोहलपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । ट्रकको ठक्करबाट कोहलपुर नगरपालिका वडा नम्बर १० चटारका ३५ वर्षीय तिर्थराम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ८८९८ नम्बरको ट्रकले बिहीवार राती […]