बर्दियाका बाढी पीडितलाई राहत उपलब्ध गराउने कार्य तीव्र

सदरलाइन संवाददाता १ आश्विन २०८०, सोमबार १४:०८
 

नेपालगञ्ज : गत साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा बर्दिया जिल्लामा आएको बाढीबाट प्रभावित भएका जिल्लाका चारवटा पालिकाका पीडित परिवारलाई विभिन्न प्रकारको राहत उपलब्ध गराउने कार्य जारी छ ।

युके एड स्टारफन्डको सहयोग र प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको सानो अवधीको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न राहत सामग्री उपलब्ध गराउने कार्य तिव्र गतिमा भइरहेको छ ।

बर्दियाको गुलरिया, ठाकुरबाबा, बाँसगढी र बारबर्दिया नगरपालिकाका बाढी प्रभावितलाई राहात वितरण गर्ने कार्य हाल अन्तिम चरणमा पुगेको बाँके युनेस्को क्लबले जनाएको छ ।

सो क्रममा हाल कामका लागि नगद कार्यक्रम अन्तर्गत चारवटै पालिकामा रहेका बाढी प्रभावितलाई बाढी र डुबानबाट जोगाउने विभिन्न काममा लगाएर रकम सहयोग गर्ने कार्य भइरहेको परियोजनाका संयोजक मनोज पौडेलले बताए ।

उनले बाढी पिडितहरुलाई बाढी र डुबानबाट जोगाउने कामहरु नाली सहितको बाटो सडक निर्माण, तटबन्धन रोक्ने, सिचाई कुलोको संरक्षण र सरसफाई लगायतका काममा लगाएर काम बापतको रकम उपलब्ध गराईरहेको बताए ।


सो क्रममा गुलरिया १० कालाबञ्जर नमुना बस्ती, बासगढीको ८ र ९ को कुनैठी र शान्तिनगर, बारबर्दियाको सिउनिया, सोनपुर, गुलरा, बैदी र जगतिया तथा ठाकुरबाबाको अम्बासामा कामका लागि नगद कार्यक्रम चलिरहेको छ ।

सोही प्रकारले उक्त परियोजना अन्तर्गत चारवटै पालिकाका पिडित २०० परिवारलाई प्रतिपरिवार १५ हजार बराबरको खाद्यान्न वितरण गरिएको, प्रति परिवार चार हजार बराबरको पोषण खाना १५० परिवारलाई तथा ८०–८० परिवारलाई हाइजिन किट र डिग्नीटि किट बितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

उनका अनुसार सोही प्रकारले बाढीकै कारण भत्किएका १२० शौचालय पुनः निर्माण र मरम्मतका साथै १२० वटा खानेपानीको हैन्डपम्प पनि पुनः मरम्मत र नयाँ जडान गरिएको छ ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले राहत पाएपछि स्थानीयले निकै सहज महशुस गरेको पाईएको बताए ।

बाढीबाट पिडित भएका अधिकांश परिवारले यो परियोजना अन्तर्गत पाएको सहयोग निकै राम्रो भएको र यसबाट जिविकोपार्जनमा ठुलो सहयोग पुगेको जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कौशल्या मेमोरियल हस्पिटलमा निःशुल्क दन्त शिविर हुने

१ आश्विन २०८०, सोमबार १४:०८
नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा नं. ९ हवलदारपुरस्थित कौशल्या मेमोरियल हस्पिटलमा निःशुल्क दन्त शिविर सञ्चालन हुने भएको छ । सेवाग्राहीहरुको माग बमोजिम हस्पिटलमा पहिलो पटक निःशुल्क दन्त तथा मुख सम्बन्धि उपचारको शिविर सञ्चालन गरिन लागेको हो । असोज ३ गते हस्पिटल परिसरमा एक दिने निःशुल्क दन्त तथा मुखको निःशुल्क शिविर […]