सदरलाइनडटकम
३ फागुन नेपालगन्ज : राष्ट्रिय समाचार समिति नेपालगन्जका क्षेत्रीय प्रमुख नीरज गौतम ‘पत्रकार बासु रिमाल यात्री पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुने भएका छन् ।
आउदो फागनु ७ गते काठमाण्डौमा हुने राष्ट्रिय समाचार समितिको वार्षिक उत्सवका अबसरमा उनलाई सो पुरस्कारले सम्मान गर्न लागिएको हो ।
वि स २०४२ सालदेखि रासस सेवा प्रवेश गरेका गौतमलाई राष्ट्रिय समाचार समिति कर्मचारी संघले सम्मान पत्र र नगद सहित पुरस्कृत गर्न लागेको संघका अध्यक्ष मनोज लामिछानेले जानकारी दिए ।
