ठुलो परिमाणको नक्कली नोटसहित नेपालगञ्जमा तीन जना पक्राउ

सदरलाइन संवाददाता ३ फाल्गुन २०७९, बुधबार १२:३७
 

नेपालगञ्ज : नेपालगञ्जबाट ५ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्युरोडबाट उनीहरूलाई पक्राउ गरेको हो ।

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाई, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् ।


उनीहरूको साथबाट प्रहरीले एक हजारका नक्कली नोट ५ सय ६९ थान बरामद गरेको छ । रानाको साथबाट चार सय १८ थान नक्कली नेपाली १ हजारको नोट र कुमाईको साथबाट १ सय ५१ थान नेपाली एक हजारको नक्कली नोट बरामद गरिएको छ ।

नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनै जनालाई मङ्गलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुगम जिल्ला बाँकेमै मोबाइल नेटवर्कको समस्या, सेवाग्राहीलाई सास्ती

३ फाल्गुन २०७९, बुधबार १२:३७
नेपालगञ्ज : पश्चिम नेपालकै सुगम जिल्ला मानिने बाँकेका दुई दुर्गम गाउँपालिकामा अझै पनि नेपाल टेलिकमको सेवा विस्तार हुन नसक्दा सेवाग्राहीलाई सास्ती भएको छ । राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पर्याप्त टावर नहुँदा मोबाइल र सोसम्बन्धी अन्य सेवा राम्ररी नचल्दा स्थानीयले सास्ती भोग्नु परेको गाउँपालिकाले जनाएको छ । राप्तीसोनारी र नरैनापुरमा टेलिकमका […]

सम्बन्धित