सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणमा परेका नेपालगञ्ज उपमहानगरपालिका–७ का पहिलो संक्रमित ६० बर्षिय पुरुषको घरपरिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
पहिलो पटक संक्रमण पुष्टि भएका उनै संक्रमितलाई पछ्याउँदै उनको परिवारका सदस्य, उनले पढाएका बालबालिका र सम्पर्कमा आएका ९४ जनाको स्वाव संकलन गरिएकोमा २२ जनामा कोरोना पोजेटिभ पुष्टि हुँदा उनको घरपरिवारका सदस्यको नतिजा भने नेगेटिभ आएको भेरी अस्पताल नेपालगन्जका मेसु डा.प्रकाश थापाले जानकारी दिए ।
संक्रमितका श्रीमती, बुहारीसहित चार दाजुभाईको रिर्पोट नेगेटिभ आएको हो । परिवारको रिपोर्ट नेगेटिभ आएपछि टोलबासीले उनीहरुलाई फुलमाला लगाएर भव्य स्वागत गरेका थिए ।
गत शुक्रबार ६० बर्षिय पुरुषमा संक्रमण पुष्टि भएपछि उनको परिवारलाई महेन्द्र बहुमुखि क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । मेसु थापाका अनुसार, ८ घरका २३ जनामा कोरोना संक्रमण फैलिएको छ ।
पहिलो संक्रमितबाटै कोरोना फैलिएको हो वा अरु संक्रमित पहिलो थियो भन्नेबारे थप अनुसन्धान गर्नुपर्ने देखिएको मेसु थापाको भनाइ छ । एउटै वस्तिमा २३ जनामा कोरोना फैलिएपछि विश्व स्वास्थ्य संगठनको टोली नेपालगञ्ज आएर संक्रमितको कन्ट्याक्ट टे«सिङ गर्ने र स्वाव संकलनमा जुटेको छ ।