नेपालगञ्ज : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा पुगेर भुकम्पका घाइतेलाई भेटेका छन् । अस्पतालमा रहेका घाइतेलाई भेटेका मन्त्री खड्काले उपचारमा कुनै कमी नहुने आश्वासन दिएका छन् ।
भारतीय राजदूताबासले नेपालगञ्ज विमानस्थलमा ल्याएर दिन थालेको राहत सामाग्री बुझ्न मन्त्री खड्का नेपालगञ्ज आएका हुन् । खड्कासँगै कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायतको टीम नेपालगञ्ज आएको छ । भेरीमा ३७ जनाको उपचार भइरहेको छ ।