जन्मदिनको खर्च ब्रेन ट्यूमरको विरामीको उपचारमा

२७ श्रावण २०७५, आईतवार २१:०८
 

सदरलाइनडटकम
नेपालगन्ज : नेपाल तरुण दल नेपालगन्ज उप–महानगर कमिटीका सदस्य उमंग युगल श्रेष्ठले आफ्नो जन्मदिनको खर्च कटाएर ब्रेन ट्यूमर पीडित विरामीको उपचारको लागि सहयोग गरेका छन् ।
बाँकेको खजुरा निवासी लक्ष्मी शाहीको उपचारको लागि श्रेष्ठले १५ हजार सहयोग गरेका हुन । केही वर्षदेखि ब्रेन ट्युमरले ग्रशित शाही उपचारको लागि आर्थिक अभावमा खजुरास्थित माईती घरमा बस्दै आएकी छन् ।
‘ शाहीले आर्थिक अभावमा उपचार गर्न नसकी माइतीमै आश्रय लिएर बसेको जानकारी पाएपछि आफुले जन्मदिन मनाएर फाजुल खर्च गर्नु भन्दा उनको जीवन बचाउन केही मद्दत गर्न उचित ठानेर सानो रकम सहयोग गरेको हुँ’–श्रेष्ठले भने ।
श्रेष्ठले नेपाल तरुण दल नेपागलगन्ज उप–महानगर कमिटीका अध्यक्ष संदिप जंग शाहलाई सो रकम हस्तन्त्रण गरेका थिए । नगर अध्यक्ष शाहले आफुहरुले शाहीको अवस्था जानकारी पाएपछि उनको उपचारको लागि सहयोग जुटाउन पहल गरेको बताए ।
पीडित लक्ष्मीकोे बिरामीको बारेमा जानकारी पाएपछि उनका श्रीमानले अर्को विवाह गरी बेपत्ता भएपछि उनी रोग पालेर माइतीमा आश्रय लिन बाध्य भएको जानकारी पाएपछि आफुहरु उनको जीवन बचाउनको लागि केही गरौ भन्ने सोचले पहल गरेको अध्यक्ष शाहले बताए । सो अवसरमा तरुण दत बाँकेका सचिव बिनोद रिजालको समेत उपस्थिति रहेको थियो ।

Next Post

साउनको अन्तिम सोमवार बागेश्वरी मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड

२७ श्रावण २०७५, आईतवार २१:०८
सदरलाइनडटकम नेपालगन्जः साउनको अन्तिम सोमवार आज बाँकेको बागेश्वरी मन्दिरसहित देशभरका शिव मन्दिरमा भक्तजनहरूको भीड लागेको छ । बिहानदेखि परिरहेको पानीको प्रवाह नगरी श्रद्धालुहरु बागेश्वरीस्थित जुंगे महादेवलाई गाईको दूध, जल चढाएर पूजाआजा गरिरहेका छन् । अविरल वर्षात्का बावजूद भक्तजनहरुको आस्थामा कुनै कमी आएको छैन । यस्तै काठमाण्डौमा पनि विहानैदेखि परिरहेको पानीको […]