तेस्रो नेपालगञ्ज फोटो फेस्टिवलका लागि फोटो आह्वान

सदरलाइन संवाददाता २ फाल्गुन २०७९, मंगलवार १७:५८
 

 


नेपालगञ्ज :  अन्तरालको आयोजना तथा व्यवस्थापनमा आयोजना हुँदै आएको नेपालगञ्ज फोटो फेस्टिवलको तेस्रो श्रृंखला अन्तर्गत फोटो प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति आगामी फागुन १५ गतेसम्म रहेको जनाईएको छ ।

हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवल कोरोना कहरपछिको लकडाउनपछि तेस्रो संस्करण गर्न लागिएको हो । विभिन्न ९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटो मध्ये सर्वाेत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधीबाट पुरस्कृत गरिनेछ ।

विगत वर्षहरुमा वर्ष फोटोले २५ हजार नगद सहित प्रमाणपत्र र विद्यागत रुपमा पुरस्कृत फोटोहरुले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएकोमा यस वर्ष नगद पुरस्कार वृद्धि गरिने आयोजक अन्तरालले जनाएको
छ ।

वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लवका पूर्व अध्यक्ष विकास कार्की नेतृत्वको निर्णायक टिमले फोटोको अन्तिम छनौट गर्ने आयोजकले जनाएको छ ।

फोटो प्रतिष्पर्धामा रहेका विधाहरु समाचार Nwes,  दैनिक जीवन Daily Life , पर्यटन, Tourism, वन्यजन्तु Wild life, खेलकुद Sports, संस्कृति Culture, प्रकृति र संरक्षण Nature & Conservation खुशी र उत्साह झल्किने फोटोहरु नेपाल स्माईल Nepal Smile रहेका छन् । यस वर्षदेखि कृषि Agriculture बिधा थप गरिएको छ । हरेक बिधामा १ जना ब्यक्तिले २ वटासम्म फोटो पठाउन सक्नेछन् । [email protected] मा फोटो पठाउन सकिने छ ।


विगतमा लुम्विनी, कर्णाली र सुदुरपश्चिममा खिचिएका फोटोहरु मात्र प्रतिष्पर्धामा सामेल गरिएकोमा यस वर्षदेखि देशव्यापी रुपमा फोटो आह्वान गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

‘सिङ्गो नेपाल झल्किने फेस्टिवलको रुपमा नेपालगञ्ज फोटो फेस्टिवललाई अगाडी बढाउन थालेका हौं’अन्तरालका प्रमुख कार्यकारी शाहले भने – ‘यो फोटोग्राफी सम्वद्ध धेरै व्यक्तिहरुको जमघटको साझा फोरम पनि बन्नेछ ।’

फेस्टिवल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ । यस अवसरमा फोटो प्रर्दशनीमा देशभरवाट छानिएका १ सय ५१ फोटो राखिनेछ । यस अवसरमा २ दिने फोटोग्राफी कार्यशाला हुनेछ, जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाण्डौंवाट वरिष्ठ फोटो पत्रकारहरुको उपस्थिति रहनेछ ।

यसैगरी फोटोग्राफी अन्तरक्रिया आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरहरुले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिवलले अघिल्लो पुस्ता र नयाँ पुस्ता वीच सेतुको काम पनि गर्नेछ ।

यसैगरी प्रदर्शनीमा राखिएका फोटोहरुलाई सर्वसाधारणको वढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिवल पछि फोटोहरु मुलुकका बिभिन्न स्थानमा प्रदर्शन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठुलो परिमाणको नक्कली नोटसहित नेपालगञ्जमा तीन जना पक्राउ

२ फाल्गुन २०७९, मंगलवार १७:५८
नेपालगञ्ज : नेपालगञ्जबाट ५ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्युरोडबाट उनीहरूलाई पक्राउ गरेको हो । बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाई, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक […]