जाजरकोटका भुकम्प प्रभावितलाई एमाले बाँकेले पठायो राहत

सदरलाइन संवाददाता २० कार्तिक २०८०, सोमबार १२:४३
 

नेपालगञ्ज : नेकपा एमाले बाँकेले जाजरकोटका भुकम्प प्रभावित नागरिकहरुका लागि सोमबार राहत सामग्री पठाएको छ ।

रु ५ लाख बढिको विभिन्न राहत सामग्री सहित पार्टी केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको नेतृत्वमा बाँके अध्यक्ष किस्मत कुमार कक्षपति राहत सामग्री सहित जाजरकोट गएका छन् ।

भुकम्प प्रभावितका लागि अध्यक्ष कक्षपतिले पार्टी तथा जनबर्गीय समिति परिचालन गरि सहयोग जुटाएका थिए । त्यसरी संकलन भएको चामल,दाल,तेल लगायतका खाद्यान्न र कम्बल सहित लत्ताकपडा पठाएको उपाध्यक्ष डिल्ली विसीले जानकारी दिए ।

उनका अनुसार, पार्टीका नेता कार्यकर्ताबाट स्वस्फूर्तरूपमा प्राप्त सहयोग भुकम्प प्रभावितलाई पठाइएको हो । थप अन्य सहयोग रुकुम प्रभावितक्षेत्रमा पठाइदै छ ।


यसैगरी भारत सरकारले सहयोग गरेको र बाँकेमा संकलित राहत सामग्री सोमवार जाजरकोट र पश्चिम रुकुममा पठाइएको छ ।

राहत सामग्री ट्रकमा लोड गरेर दुई जिल्लामा पठाउन थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । भारतले भूकम्प प्रभावितलाई प्लाष्टिक तार्पोलिन’ त्रिपाल ६ सय २५ थान, स्लिपिङ ब्याग १ हजार थान, ब्ल्यांकेट १ हजार थान, टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य सामग्री (४८ प्रकार) का केही कार्टुनमा दिएको छ ।

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपालगञ्ज विमानस्थलमै सामान ल्याएर उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए । भारतले दिने अन्य सामान सोमवार पनि आउँदैछ ।

यस्तै बाँकेका विभिन्न पालिका, संघसंस्था र व्यक्तिगत तवरबाट संकलित राहत सामग्री संगसंगै भूकम्प प्रभावित जिल्लामा पठाउन थालिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेटभित्र मरेको शिशुलाई अप्रेशन गरेर निकालियो

२० कार्तिक २०८०, सोमबार १२:४३
नेपालगञ्ज : जाजरकोट भूकम्पबाट भेरी अस्पतालमा उपचाररत घाइतेहरूमध्ये आमाको पेटभित्र मरेको शिशुलाई शल्यक्रिया गरी निकालिएको छ । भेरी अस्पतालमा अहिलेसम्म सात जना घाइतेको अपरेशन गरिएको छ । घाइते भएकामध्ये ४१ जनाको भेरी अस्पतालमा उपचार चलिरहेको छ । हालसम्म ४३ जना भर्ना भएकोमा एक जनाको मृत्यु भएको छ भने एक जना […]