अफिम र चरेशका साथमा दुई नेपालीसहित तीनजना भारतमा पक्राउ

२५ बैशाख २०७५, मंगलवार २०:३२
 

सदरलाइन / नबी अहमद  
२५ बैशाख, रुपैडिहा (भारत) : भरतीय प्रहरीले अवैध लागू औषधसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । लागू औषधसहित भारतीय प्रहरीको फन्दामा परेका तीन जना मध्ये दुई जना नेपाली नागरिक हुन ।
नेपालगन्जको सीमावर्ती नाका रुपैडिहामा भारतीय प्रहरी तथा सशस्त्र सीमा सुरक्षा बल एसएसबीको संयुक्त टोलीले बहराईच जिल्लाको केवलपुर रेलवे क्रसिङ्ग नजिकैबाट अनिल कुमार भगोलेको साथबाट २ किलो चरश नियन्त्रणमा लिएको जनाएको छ ।
सुराकीले दिएको जानकारीलाई पछाउदै जाँदा उनी पक्राउ परेका हुन । भगोले भारतीय नागरिक हुन । उनी सोमबार साँझ करिव ५ बजेतिर प्रहरी नियन्त्रणमा परेका थिए ।
यसैगरी अको संयुक्त टोलीले सोमबार राती करिव सवा ९ बजे ३ किलो ८ सय ग्राम अफिम सहित जाजरकोटका सागर कार्की र केसरे कठायतलाई नियन्त्रणमा लिएको जनाएको छ ।
भारतीय प्रहरी रुपैडिहाका थाना ईन्चार्ज अरुणकुमार द्विवेदीले प्रहरीलाई सुराकीबाट आएको पूर्व सुचनाको आधारमा रुपैडिहाको पश्चिम रहेको रंञ्जितबोझा गाउँ नजिको नेपाल–भारत जंगे पिल्लर नं. ३३/१० नजिकबाट नियन्त्रणमा लिएको जनाए ।
सो टोलीमा एसएसबीका डेपुटी कमांण्डेन्ट शैलेषकुमार पाण्डेय, एसआई आशीष कुमार, कास्टेबल विनोद पाण्डेय तथा रुपैडिहा थानाको एसआई केदारनाथ, दीनदयाल राय, कास्टेवल संतोष चैधरी र सुभाष यादव टोलिमा रहेका थिए ।
पक्राउ परेका तीनै जनालाई ‘एन्टीड्रग प्रोटेक्सन’ लागू औषध कारोबार बिरुद्ध मुद्दा चलाउनको लागि आवश्यक प्रकृया पुरा गरी बहराईच कारागार चलान गरिएको छ ।

Next Post

बैजनाथमा अपाङ्गतासम्बन्धी एक दिने अनुशिक्षण

२५ बैशाख २०७५, मंगलवार २०:३२
सदरलाइनडटकम   २५ बैशाख बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिमा अपाङ्गता सम्बन्धी एकदिने अनुशिक्षण सम्पन गरिएको छ । बैजनाथ गाउँपालिका अपाङ्ग समन्वयन समिति तथा यूयसआइडीको सहकार्यमा डेक नेपालको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि संञ्चारको पहुँच निर्देशिका–२०६९ सम्बन्धी जानकारी बैजनाथ गाउँपालिका अपाङ समन्वय समिति संयोजक […]