सदरलाइनडटकम,
नेपालगञ्ज : पश्चिमी एवं स्थानीय वायुको प्रभावले आज बाँकेसहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । बाँकेलगायत आसपासका क्षेत्रमा आज दिउँसो वर्षाका साथै असिनासमेत परेको छ ।
पश्चिमी भूभागका केही स्थानहरुका साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
