बिद्युत नियमित गर्न माग

२१ चैत्र २०७४, बुधबार १९:०३
 

सदरलाइनडटकम
२१ चैत, नेपालगन्ज  : नेपालगन्ज उद्योग वाणिज्य संघले नियमितरुपमा बिद्युत दिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रमा निवेदन दर्ता गराएका छन् । केही दिनदेखि बिद्युत सेवा अनियमित भइरहेको भन्दै संघले यस्तो माग गरेको हो ।


   संघका अध्यक्ष नन्दलाल बैश्य नेतृत्वको संघको पदाधिकारी तथा सदस्यहरु जिल्ला प्रशासन कार्यालय र बिद्युत प्राधिकरण कार्यालय बुधवार पुगेका थिए । बिद्युत जाँदा सर्बसाधारणहरुलाई समस्या भएको र उद्योग, कलकारखानामा समस्या उत्पन्न भएपछि यस्तो माग गर्नुपरेको संघका अध्यक्ष नन्दलाल बैश्यले बताए ।

Next Post

हिरमिनियामा किसान अवलोकन भ्रमणसंगै अन्तरक्रिया

२१ चैत्र २०७४, बुधबार १९:०३
सदरलाइनडटकम २१ चैत, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका वडा ६ हिरमिनियामा बुधबार किसान अवलोकन भ्रमणका साथै अन्तरक्रिया गरिएको छ । महातरकारी उत्पादन सहकारी संस्था लिमिटिडको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रले सचेतनामुलक कार्यक्रम गर्दा वडा कार्यालयबाट सहकार्य र समन्वय गरेर सञ्चालन गर्न आयोजकलाई […]