खानेपानीको स्रोत सुक्दै गएकोप्रति सरोकारवालाको चिन्ता

सदरलाइन संवाददाता १५ कार्तिक २०८०, बुधबार १३:५५
 

कोहलपुर (बाँके) : स्रोतको उचित संरक्षण नहुँदा खानेपानीको अवस्था भयावह हुँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

कोहलपुरमा बुधवार भएको नगरपालिकास्तरीय खानेपानी, सरसफाई बोर्ड गठन सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले खानेपानीको उचित संरक्षण गर्नुपर्ने बताएका हुन् ।

कोहलपुर नगरपालिकाको आयोजना तथा लुमन्तीको व्यवस्थापनमा भएको कार्यक्रममा बोल्दै कोहलपुर बृहद् शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुषालले एकीकृतरुपमा बृहद् खानेपानी संस्थाको अवधारणाका साथ अघि बढ्नुपर्ने बताए । उनले नगरभित्रका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन स्रोत व्यवस्थापन सबैभन्दा ठुलो चुनौती रहेको बताए ।

कोहलपुर ८ का वडाध्यक्ष लालबहादुर रानाले स्थानीयस्तरमा रहेका खानेपानीका स्रोतको पहिचान गरी संरक्षणमा ध्यान दिनुपर्ने बताए । उनले डुडुवा, मानखोल, किरणानाला जस्ता पानीका मुहानहरुलाई संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताउँदै दीर्घकालीन रुपमा खानेपानीको समस्या सममाधान गर्न यस्ता स्रोतहरु उपयोगी हुनसक्ने बताए ।

कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्योपानेले बाँकेमा खानेपानीको अवस्था भयावह रहेको बताए । उनले भएका खानेपानीका स्रोतको पनि सहि सदुपयोग हुन नसकेको प्रति दुःख ब्यक्त गर्दै खेर गईरहेको पानीको व्यवस्थापनका लागि सबैले सक्दो प्रयास गर्नुपर्ने बताए । उनले बाँकेमा १५÷२० वर्षदेखिका योजनाहरु अझै सम्पन्न हुन नसकेको अवस्थामा नयाँ योजनाहरु बनाउनु भन्दा एकिकृत रुपमा एउटै समिति बनाएर अघि बढ्न सुझाव दिए ।


कार्यक्रममा बोल्दै कोहलपुरका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जनताका आधारभुत आवश्यकता पूर्ति गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रमका अध्यक्ष तथा कोहलपुरका मेयर पुर्ण प्रसाद आचार्यले नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउन चुनौती रहेको बताए । उनले नगरभित्रका सबै खानेपानी समितिलाई मर्ज गरेर एकीकृत रुपमै एउटै समिति बनाउन सके सेवा थप प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा लुमन्तीका कार्यक्रम संयोजक सुर्य कुमार खड्काले कार्यपत्र प्रस्तुत गरेका थिए । उनका अनुसार कोलपुर नगरपालिकामा ४ वटा खानेपानी उपभोक्ता समिति सञ्चालनमा रहेका छन् भने ३ वटा निर्माणाधिन अवस्थामा रहेका छन् । चालु अवस्थामा रहेका ४ वटा खानेपानी उपभोक्ता समितिबाट ६ हजार उपभोक्तालाई स्वच्छ खानेपानी पुर्याइए पनि अझै धेरै नागरिक दुषित पान खान बाध्य रहेको खड्काले बताए ।

कोहलपुर नगरपालिका भित्र रहेका २४ हजार १ सय ८३ घरधुरीलाई दैनिक ६६ लाख लिटर पानी आवश्यक पर्ने बताउँदै खड्काले पछिल्लो समय खानेपानी आयोजना मार्फत २५ प्रतिशत उपभोक्तालाई मात्र स्वच्छ खानेपानी पुर्यान सकिएको बताए । उनले अझै ७५ प्रतिशत नागरिक ट्युवेल तथा बोरिङको पानी खान बाध्य रहेको तथ्यांक पेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडक सञ्जालले शहरसँग जोडिएपछि बघौडा बन्यो सुगम

१५ कार्तिक २०८०, बुधबार १३:५५
नरैनापुर (बाँके) : यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधार प्रयाप्त नभएको बाँकेको नरैनापुर बघौडामा सडक र विद्युत् पुगेपछि हाल आएर सो क्षेत्र सुगम बनेको छ । सडक तथा विद्युतको अभावमा जिल्लाको ‘कालापानी’ र ‘कर्णाली’ को नामले चिनिने नरैनापुर बघौडा क्षेत्र अब दुर्गम रहेन । अब सुगम क्षेत्रको रुपमा परिवर्तन […]