सामुदायिक बनमा आगजनी नगर भन्दा माओवादी केन्द्रका कार्यकर्ताले आगो मै फालिदिएको आरोप

१३ जेष्ठ २०७४, शनिबार १९:५८
 

सदरलाइनडटकम  
१३ जेठ, नेपालगन्ज : सल्यानको बंन्गाड–कुपिण्डे नगरपालिका–३ बाँझकोटको सामुदायिक बनमा डढेलो लगाउनेको विरोध गर्दा माआवादी केन्द्रका स्थानीय कार्यकर्ताहरुले बाबु छोरालाई नै आगोमा फालिदिएका छन ।
घर नजिकैको औवलबेशी सामुदायिक बनमा डढेलो लगाउन पुगेका माओवादी केन्द्रका कार्यकर्ताहरुसंग प्रतिकार गर्दा गत जेठ ७ गते स्थानीय हर्कबहादुर विक र कमल विक जलेर घाइते  भएका हुन् । नेपालगन्जको भेरी अञ्चल अस्पतालमा एक सातादेखि  उपचार  गराउदै आएका  ६० बर्षिय हर्कको २० प्रतिशत र छोरा १४ बर्षिय कमल १८ प्रतिशत शरिर जलेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
माओवादी केन्द्रका स्थानीय कार्यकर्ता रुद्रबहादुर पुनको निर्देशनमा गोविन्द पुन, सन्तोष पुन लगायतको समुह आफुहरुको घरबारी नजिकै रहेको औवलबेशी सामुदायिक बनमा डढेलो लगाउन थाल्दा घरबारीमा नोक्सान पु¥याउछ आगो नलगाउ भनेर प्रतिकार गर्दा आगो लगाई बलेको आगोमा फालिदिएको घाइते हर्क बहादुरले अस्पतालको शैयाबाट बताए ।
‘उनीहरुले तीन पटकसम्म जंगलमा आगो लगाए’– हर्कबहादुरले घटना सम्झदै भने,–‘हामी बाबुछोराले नगर भन्दा अन्तिममा बलिरहेको आगोमा धकेलिदिए ।’ उनले आफुहरु माथि आक्रमण गर्नेहरुलाई किटानी जाहेरी दिदा पनि प्रहरीले सत्ताको प्रभावको कारण कुनै कारवाही नगर्दा आफुहरु घर परिवार नै जोखिममा भएको दुखेसो व्यक्त गरे ।
स्थानीय तहको निर्वाचनको विषयलाई लिएर माओवादी केन्द्रका कार्यकर्ताहरुले बाबुछोरालाई बलिरहेको आगोमा धकेलेर गम्भीर घाइते बनाएको एमालेबाट सो वडामा दलित उम्मेदवार रहेकी राती बिकले दावी गर्दै भनिन–‘ स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार हुँदा पनि मलाई तर्साउने तथा थर्काउने काम गर्दै आएका थिए त्यसै निहुमा यो घटना गराएका हुन ।’
बन्गाड–कुपिण्डे नगरपालिकामा ९३ मतको अन्तरले नेपाली काङ्ग्रेससँगको सहकार्यमा एमालेका जिल्ला अध्यक्ष गोविन्द पुन विजयी भए भने माओवादी जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकी छहारी पराजित भए । वडा नम्बर ३ मा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
यसैबीच नेकपा एमाले सल्यान जिल्ला कमिटी सदस्य ईन्द्र पुनले निर्वाचन आफ्नो पक्षमा नआएपछि बन्गाड–कुपिण्डेको बेलखोला, स्यालापाखा, वडा नम्बर ८ मा माओवादी कार्यकर्ताहरुले एमाले कार्यकर्ताहरुलाई कुटपिट सहित आक्रमण गरेको दावी गरे । जलेर गम्भीर घाइते बनाएको सन्दर्भमा प्रहरीमा किटानी जाहेरी दिदा पनि दोषीलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउन प्रहरीले आनाकानी गरेको पीडित परिवारको दावी छ ।
यता ईलाका प्रहरी कार्यालय सल्लिबजारका ईन्चार्ज समेत रहेका प्रहरी नायव निरिक्षक चक्र खत्रीले आगोमा फालिएको नभई आगो निभाउन जाँदा आफै जलेको बताए । उनले फोनमा दिएको जानकारी अनुसार पीडितले किटानी दिएको जाहेरीमा उल्लेख भएका व्यक्तिहरुसंग बुझ्ने काम भई रहेको भएपनि कसैलाई पनि नियन्त्रणमा नलिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जको सुर्खेतरोडमा रहेको श्रेया ईन्टेरियरमा भिषण आगलागी

१३ जेष्ठ २०७४, शनिबार १९:५८
सदरलाइनडटकम   १४ जेठ, नेपालगन्ज : नेपालगन्जको सुर्खेतरोडमा आईतबार बिहान भिषण आगलागी भएको छ । विहान करिब ९ बजे भएको सो आगलागी दुई दमकल र सयौको संख्यामा परिचालन भएका प्रहरीले नियन्त्रणमा लिने प्रयास जारी छ । नेपालगन्जको धम्बोझीचोक र पुष्पलाल चोकको बीचमा रहेको होटल सम्मानसंगै सटेको व्यावसायी पंकज श्रेष्ठले सञ्चालन […]