ट्यांकरको ठक्करबाट दुईजनाको मृत्यु

सदरलाइन संवाददाता २९ पुष २०८१, सोमबार १९:०४
 

नेपालगञ्ज :  पूर्वपश्चिम राजमार्गको बाँकेको कुसुम सडकखण्डमा ट्यांकरले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी बाँकेका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक नन्दप्रसाद पोखरेलले दिएको जानकारी अनुसार राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीखोलामा डिजेल लोड गरेर दाङतर्फ जाँदै गरेको ना ८ ख नम्बरको ट्यांकरले बिहान सवा १० बजे मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएकोे हो ।

प्रहरी वरिष्ठ नायब निरीक्षक पोखरेलका अनुसार मोटरसाईकल सवार कैलालीको धनगढी–१४ का अन्दाजी ३३–३४ वर्षका रुपेश बस्नेत र सोही उपमहानगरपालिका–३ का अन्दाजी ४५–४६ वर्षिय घमण शाहीको सो घटनामा परी मृत्यु भएको हो ।


पश्चिमबाट पूर्वतर्फ दाङ जाँदै गरेको उक्त ट्यांकरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाईकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरु दुबै जनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको निमित्त प्रमुख पोखरेलले बताए ।

ठक्कर दिने ट्यांकर र चालकलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त

२९ पुष २०८१, सोमबार १९:०४
नेपालगञ्ज : नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्सरेस (एम्स) को दुत नियुक्त भएका छन् । यसअघि ठकुरीलाई इटालीको मिलानमा हेडक्वार्टर रहेको विश्वव्यापी संस्था फेडरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोट्र्स (फिक्ट्स) ले समेत नेपालका लागि दुत नियुक्त गरि सकेको छ । अब […]

सम्बन्धित