आत्मनिर्भर अर्थतन्त्र बनाउनु पर्नेमा अर्थमन्त्री खतिवडाको जोड

७ पुष २०७५, शनिबार १४:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : अर्थमन्त्री डा. युवराज खतिवडाले आत्मनिर्भर अर्थतन्त्रका लागि राज्यले केही बस्तु संरक्षणको नीति लिएको बताउनुभएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिवार उद्घाटन गर्दै मन्त्री खतिवडाले सिमेन्ट, चिनीलगायतका केही आधारभूत बस्तुमा सरकार आत्मनिर्भर हुन चाहेको बताए ।
कृषि र पशुपालनमा सरकारले किसानलाई सहयोगको नीति लिएको अर्थमन्त्री खतिवडाको भनाई थियो । उनले किसानको दूध बिक्री नहुने र विदेशबाट धुलो दूध आयात भइरहने अवस्था आउन नदिन सरकारले किसानलाई सहयोग गर्ने नीति लिएको स्पष्ट पारे । सरकारले करको दरभन्दा पनि दायरा बढाउने नीति लिएको भन्दै अर्थमन्त्री खतिवडाले कर नतिरेका व्यक्ति र क्षेत्रलाई करको दायरामा ल्याउन सरकार लागि परेको बताए ।
पूँजी निर्माणको अभिन्न अङ्ग राजश्व भएको बताउँदै अर्थमन्त्री खतिवडाले अर्थतन्त्र सधैँ विदेशी पूँजीमा निर्भर रहन नसक्ने दाबी गरे । करको दायरा फराकिलो हुँदै जाँदासमेत मूल्य अभिवृद्धि करको प्रक्रियामा सुधार नभएको भन्दै उनले समग्र सुधारका लागि भन्सार व्यवस्थित गर्न आवश्यक भएकोमा जोड दिए ।

Next Post

नेपालगञ्ज उद्योग बाणिज्य संघको साधारणसभा शुरु

७ पुष २०७५, शनिबार १४:५३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा नेपालगञ्जमा जारी छ । अर्थमन्त्री युवराज खतिवडाले साधारणसभाको उद्घाटन गरे । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा जारी कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा लगायत सहभागी छन् । साधारणसभामा नेपालको आर्थिक विकासका लागि अर्थमन्त्रीलाई अवधारणा पेश […]