आफुलाई एकपटक विश्वास गरेर मतदान गर्न दुर्गाको आग्रह

सदरलाइन संवाददाता २५ कार्तिक २०७९, शुक्रबार १२:३६
 

नेपालगञ्ज : नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर १ (ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार बनेका युवा नेता दुर्गा प्रसाद चौधरीले जनताले आफुलाई एक पटक विश्वास गरेर मतदान गर्न आग्रह गरेका छन् ।

कोहलपुर वडा नम्बर १३का विभिन्न टोलहरुमा भएको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य चौधरीले जनताले अरु पार्टीका उमेदवारलाई पट्क पट्क विश्वास गरेर सांसद विधायक बनाउनु भयो, यस पट्क आफुलाई मतदान गरि विजयी बनाउन आग्रह गर्दै आफुले जनताको सेवा गर्ने र गर्दै आएको बताएका छन् ।


उनले म पदमा पुगे भने बदलिने छैन यो क्षेत्रलाई बदल्ने छु, बिकास र समृद्ध बनाउन नयाँ नयाँ योजना ल्याउनु छ भने उनले हजुरहरुको मतले जितेका उम्मेदवार सांसद भए मन्त्री भएपनि जनताको समस्या जस्ताको त्यस्तै रहेको बताए । उनले यस वडा कृषि र पर्यटनको पकट क्षेत्र भएकोले कृषि र पर्यटनलाई विशेष प्राथमिकतामा पारेर यस वडाको बिकासमा दक्तचित्त भएर लाग्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने

२५ कार्तिक २०७९, शुक्रबार १२:३६
नेपालगञ्ज : निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भइ प्रेस काउन्सिल नेपालमा […]

सम्बन्धित