नेपालगञ्ज साइकल उत्सवको तयारी अन्तिम चरणमा

सदरलाइन संवाददाता १८ माघ २०८०, बिहीबार १५:०८
 

नेपालगञ्ज : नेपालगञ्ज साइक्लिङ क्लबले यही माघ २५, २६ र २७ मा आयोजना गर्न लागेको नेपालगञ्ज साइकल उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । क्लबका अध्यक्ष प्रदीप सापकोटाका अनुसार नेपालगञ्ज साइकल फेस्टिभल अन्तगर्तको टुर दि ठाकुरद्वारालाई बिश्वकै अग्रणी इभि बिवाइडीले टाइटल स्पोन्सर गर्ने सम्झौता क्लब र गाडी बिक्रेता बीच भए सङ्गै अब टुर दि ठाकुरद्वारा “बिवाइडी टुर दि ठाकुरद्वारा“ भनेर आयोजना गरिने अध्यक्ष प्रदीप सापकोटाले बताए ।

बिवाइडिका नेपालगञ्ज बिक्रेता टिम इलिभेन इभि प्रालि लिमिटेडका सञ्चालक बसन्त भण्डारीले नेपालकै नियमित आयोजना हुँदै आएको साइकलको सबैभन्दा ठुलो इभेन्ट सँग सहकार्य गर्न लागेको जनाउँदै खुशी व्यक्त गरे ।


क्लबले कार्यक्रममा देशभर र भारतीय सहरबाट समेत गरि ३०० जना साइकल यात्रीहरु यो इभेन्टमा सहभागी हुने जनाएको छ । कार्यक्रम नेपालगञ्जको बागेश्वरी मन्दिरबाट सुरु भई बाँके, बर्दियाका विभिन्न पर्यटकीय गन्तव्य छिचोल्दै बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्मको १०० किलोमीटर साइकल यात्रा पुरा गरिने क्लबका बरिष्ठ उपाध्यक्ष सुरेन्द्रदिप कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज प्रहरी अस्पतालमा उपचार लिनेको संख्या बढ्दै

१८ माघ २०८०, बिहीबार १५:०८
नेपालगञ्ज : नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालले एक वर्षमा २८ हजार बढीलाई उपचार सेवा प्रदान गरेको छ । अस्पतालले गएको एक वर्षमा २८ हजार ६८१ जना प्रहरी, प्रहरीका परिवार र पूर्व प्रहरीको उपचार गरेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डा.अमिनकुमार श्रेष्ठले जानकारी दिए । उनले गत […]