Sadarline
२०८३ असोज २९ , बिहीबार

बर्दियामा लागूऔषधसहित २ जना पक्राउ



नेपालगञ्ज : बर्दियाको बढैयाताल गाउँपालिका–८ पशुपति बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ९ सय ७० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् ।

गुलरीया नगरपालिका–११ बस्ने ४२ वर्षीय कलिम अहमद मनिहार र ३५ वर्षीय अयोध्या प्रसाद धोबी पक्राउ पारेका हुन् ।

ईलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१ प ८३७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० मंसिर १० गते आइतबार
ताजा समाचार