२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

नेपालगञ्जमा मोटरसाइकल चोरीका घटना बढ्दै



नेपालगञ्ज : नेपालगञ्जमा दैनिकजसाो माोटरसाइकल चोरी हुने गरेको छ । घरमै ह्याण्डल लक गरेर राखेको मोटरसाइकल चोरी भइरहेका छन् ।

सीमावर्ती सहर भएकाले यहाँ चोरी गरिएका मोटरसाइकल तुरुन्तै भारतमा पुग्ने र मोडिफाई भएर भित्रिने गरेको जानकारहरू बताउँछन् ।

असोज र कात्तिकमा २० वटा मोटरसाइकल हराएकाले खोजबिनका लागि प्रहरीमा निवेदन परेको छ । त्यसमध्ये पाँचवटा प्रहरीले फेला पारेको छ ।

प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले चार जना चोरलाई समातेर मुद्दा चलाइएको बताए ।

प्रकाशित मिति : २०८० मंसिर ६ गते बुधबार
ताजा समाचार