Sadarline
२०८३ असोज २९ , बिहीबार

करेन्ट लागेर बाँकेमा एकजनाको ज्यान गयो



नेपालगञ्ज : बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका– १ का पूर्ण लम्सालले आफ्नो माछापोखरीमा राखेको करेन्ट लागि सविन रानाको मृत्यु भएको हो ।

माछा चोरी हुने गरेपछि लम्सालले पोखरी वरिपरि करेन्ट फिट गरेका थिए । जालसहित पोखरीमा गएका रानालाई त्यही करेन्ट लागेको हो ।

रानासँग अर्काे एक जना पनि गएको खुलेको छ । घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर ४ गते सोमबार
ताजा समाचार