नेपालगञ्ज : बाँकेमा एक ग्राम तीन सय मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोझीबाट २१ वर्षीया निलु वली, २१ वर्षीया लक्ष्मी बुढामगर र २१ वर्षीय विनोद तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० कात्तिक १३ गते सोमबार












प्रतिक्रिया दिनुहोस्