२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

लुम्बिनी प्रदेसका अर्थमन्त्री चढेको गाडी दुर्घटनामा, अवस्था सामान्य



दाङ :  लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी लु १ झ ७३८ नम्बरको गाडी दाङको तुलसीपुरमा दुर्घटनामा परेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकीय सचिव शम्भु गौतमले जानकारी दिए ।

कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किँदै गरेको अवस्थामा एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट हुत्तिएर झाडीमा पुगेर दुर्घटनामा परेको हो । दुर्घटना हुँदा सामान्य चोटपटक लागेको गौमतले बताए ।

मन्त्री मास्की, स्वकीय सचिव, पिएसओ, भान्से र चालक गरी गाडीमा ५ जना थिए ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार
ताजा समाचार