२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

मोटरसाइकल ठोक्किँदा बाँकेमा एकजनाको मृत्यु



नेपालगञ्ज : रोकी राखेको ट्रयाक्टरमा जोडिएको थ्रेशरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० राँझास्थित सडकमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्रयाक्टरमा जडित धानको थ्रेशरमा भे ९ प ६०१ नम्बरको मोटरसाइकल बिहीवार राती ठोक्किँदा चालक नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ त्रिभुवन चोकका विनोदकुमार बाल्मिकीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर घाइते भएका बाल्मिकीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १० गते शुक्रबार
ताजा समाचार