दशैं खर्चको जोहो गर्दै राउटे समुदाय

सदरलाइन संवाददाता ४ आश्विन २०८०, बिहीबार १६:०१
 

नेपालगञ्ज : फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग भेटघाट गरेका छन् । बिहीबार मुख्यमन्त्री कार्यालयमा आएका राउटे समुदायका मुखिया प्रतिनिधि विर्खेबहादुर शाहीको टोली र मुख्यमन्त्रीबीच भेटघाट भएको हो । राउटे शाहीले सरकारसंग दशै खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दशै खर्च दिन आग्रह गरेका छन् ।

‘‘अब दशै आइसक्यो, हाम्रो जनताले दशैमा बलि पनि दिनु पर्छ, खसी पनि खानु पर्छ, सरकारले पैसा दिनु पर्यो, उनले भने ८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनु पर्छ । सबै मन्त्रीहरुले हामीलाई दशै खर्च दिनुपर्यो, हामीले लगेर सबै जनतालाई बाड्ने काम हुन्छ । खसी किन्न पैसा चाहियो ।’’ उनले आफुहरु अहिले दैलेखमा बसीरहेको र दशै खर्चका लागि दाङ आएको बताए । तिज खर्चकै लागि आएका हौ, उनले भने, तिज गइगो अब दशै खर्च जुटाउनु परेको छ ।


मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको लागि सहयोग गर्ने, दशै खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताए । उनले दशै खर्चका लागि आवश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताए । राउटेहरुलाई पहिलेदेखि नै सरकारले दशै खर्च दिँदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने लुम्बिनीले पनि केहि सहयोग गर्छ, मुख्यमन्त्री चौधरीले भने, २÷३ दिनमा सरकारको केहि सहयोग हुन्छ ।

त्यस्तै भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हरित अभियानअन्तर्गत ट्री गार्ड सहयोग

४ आश्विन २०८०, बिहीबार १६:०१
कोहलपुर (बाँके) : क्रिसा प्याब्सन तथा एन प्याब्सनले कोहलपुर नगरपालिकालाई ५० थान ट्री गार्ड उपलब्ध गराएको छ । प्याबसनले बिहीबार करिब १ लाख ५० हजार मूल्य बराबरको ५० थान ट्री गार्ड नगरपालिकालाई उपलब्ध गराएको हो । कोहलपुर नगरपालिकालाई हरित नगरका रुपमा विकास गर्न नगरपालिकाले “हरित शहर हाम्रो रहर” अभियान शुरु […]

ताजा अपडेट