डुडुवाद्वारा विकास निर्माणका विभिन्न योजना कार्यान्वयन

सदरलाइन संवाददाता ५ बैशाख २०८२, शुक्रबार १८:४४
 

डुडुवा (बाँके)  : चालु आर्थिक वर्षमा बाँकेको डुडुवा गाउँपालिकामा विकास निमार्णको कार्य भईरहेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याएको हो ।

गत वर्षको निमार्ण बाँकी रहेका योजनाहरुको निरन्तरता र नयाँ योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका इन्जिनियर सुरेन्द्र बर्माले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा सडक, भौतिक पुर्वाधार, नाला, मर्मत सम्भारलगायतका कार्य भईरहेको छ ।


गाउँपालिकाको वार्ड नं. ६ मा केही दिन एउटा सडकको निमार्णको कार्य शुरु भएको छ । हिरिमिनियाको मुल सडकदेखि निमार्णाधिन कोल्डस्टोरसम्म ८ सय २८ मिटर लामो सडकको निमार्ण शुरु भएको हो । सो सडकको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै ग्रामिण क्षेत्रमा अवातजावतका लागि सडकको राम्रो सुविधा नभएकाले सडकलाई प्राथमिकतामा राखी निमार्ण गरिएको बताए ।

उनले सडक, विजुली, पुर्वाधारले नै गाउँ टोलको विकास हुने भएकाले प्रयाप्त बजेटको अभावमा सोचे अनुसारको सडक निमार्ण गर्न नसकेको बताए ।

तीन करोड १९ लाख १८ हजार ६ सय ४८ (भ्याटसहित) को लागतमा रेग्मी कल्पेश्वर जेवी नेपालगञ्ज कम्पनीले निमार्णको जिम्मा पाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले बताए । नालासहित असफाल्ट ककंक्रीट र पिसिसी सडक निमार्ण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आर्मी विजयी

५ बैशाख २०८२, शुक्रबार १८:४४
विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । शुक्रबार नेपालगञ्ज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले हराउदै विजयी सुरुवात गरेको हो । आर्मीको जितमा अनिता लम्जेलले दुई तथा हेमा चौधरी र तुलसा बोहराले समान एक गोल […]

सम्बन्धित