ट्रकको ठक्करबाट दाङमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता १६ जेष्ठ २०७९, सोमबार १७:५०
 

नेपालगञ्ज : दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । राप्ती गाउँपालिका ४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिम तर्फ आइरहेको लु.अ.अ.जे. ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट सोहि वडा खिनैटा निवासी करिब ५२ वर्षीय बोलु गिरीको मृत्यु भएको हो ।

आज विहान सवा ५ बजे गिरी मर्निङवाक गर्न सडकको छेउमा हिँडिरहेका थिए । सोहि समयमा भालुवाङबाट लमही तर्फ आउँदै गरेको ट्रले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गिरीको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहाले जानकारी दिए ।


ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुस्ताङको आकाशमा अस्ताए पाइलट उत्सव

१६ जेष्ठ २०७९, सोमबार १७:५०
काठमाण्डौ : आइतबार बिहान पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटना भएको खबरले रूकुम पश्चिमको चौरजहारी नगरपालिका–३ लापुते गाउँ यतिबेला शोकमा डुबेको छ । मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परेका २५ वर्षीय पाइलट उत्सव पोखरेल अब फर्केर आउने छैनन् भन्ने सुनेर लापुते गाउँ शोकमा परेको हो । उत्सव […]

सम्बन्धित