लागूऔषधसहित सुर्खेतमा दुई जना पक्राउ

सदरलाइन संवाददाता २१ श्रावण २०७८, बिहीबार १४:४२
 

सुर्खेत : सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । तिला गाउँपालिका जुम्लाका १८ वर्षीय कालीबहादुर शाही र २१ वर्षीय खिमराज शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार उनीहरुलाई शंकास्पद रुपमा बाटोमा हिँडिरहेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका–७, ईत्रामस्थित औद्योगिक क्षेत्रबाट पक्राउ गरिएको हो ।


उनीहरूको साथबाट २९० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । जाँच गर्दा खिमराजले आफ्नो बायाँ हातको मुठ्ठीभित्र राखेको कालो प्लास्टिकबाट तीन प्याकेट र कालीबहादुर शाहीको पाइन्टबाट चार प्याकेट लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट दुईवटा मोबाइल सेट र दुई हजार ४५० रुपैयाँ नगद समेत बरामद गरिएको डीएसपी घर्तीले बताए । पक्राउ परेका दुवै जनालाई म्याद थपेर थप अनुसन्धान गरिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुनिचाँदेका वडाध्यक्ष नेपाली पक्राउ

२१ श्रावण २०७८, बिहीबार १४:४२
जाजरकोट : जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते स्थानीय सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरी बन्धक बनाएको आरोप लागेका वडाध्यक्ष नेपालीलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आजै सदरमुकाम ल्याइने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सर्पेलाई बन्धक […]