मुक्तिका १७ वर्ष पुग्दा पनि औपचारिकता मै सिमित मुक्त कमैया दिवस

२ श्रावण २०७४, सोमबार २०:३०
 

सदरलाइन / सपना विष्ट
२ साउन, नेपालगन्ज : नेपाल सरकारले कमैया मुक्त घोषणा गरेको १७ वर्ष बिते पनि मुक्त कमैयाको व्यवस्थापन गर्न सकेको छैन । १७ वर्ष अघि अहिले कै प्रधानमन्त्री शेरबहादुर देउवाले २०५७ साल श्रावण २ गतेका दिन बाँक,े बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरमा रहेका सम्पुर्ण कमैयालाई मुक्त भएको घोषणा गरे पनि उचित व्यवस्था गर्न नसक्दा उनीहरुको अवस्था नाजुक बन्दै गएको छ ।
सरकारले मुक्त कमैयाका नाममा करौडौ रुपैया छुट्टाए पनि त्यो रकम कहाँ गयो भन्ने कसैलाई पनि अत्तोपत्तो नभएको स्वयम मुक्त कमैयाको रहेको मुक्त कमैया संघर्ष समिति बाँकेका अध्यक्ष श्रीराम थारुले गुनासो गरे ।
उनले भने–‘ मुक्त कमैयाको नाममा राजनीति गर्नेहरु भने रातारात मालामाल भएका छन । सरकारले २०६५ सालमा मुक्त कमैया रहीत जिल्ला भनेर बाँके दाङ्ग र कन्चनपुरलाई घोषणा ग¥यो । तर मुक्त कमैया रहित जिल्ला घोषणा गरेको बाँंकेमा मात्रै अझै पनि ३ हजार ५सय बढि मुक्त कमैयाको पुर्नसथापना गर्न बांँकी रहेका छन् ।’
पुनस्र्थापित मुक्त कमैया परिवार मध्ये बाँंकेमा १ हजार ७ सय ४३ ले घर बनाउन दिने भनिएको ३५ क्यूफिट काठ र ४ सय बढि परिवारले प्रति परिवार घर बनाउन १० हजार रुपैया अझैसम्म पनि अनुदान नपाएको गुनासो छ मुक्त कमैया संघर्ष समिति बाँकेका अध्यक्ष श्रीराम थारुको ।
मुक्त कमैयाको अधिकारका लागि काम गर्ने संस्था कमासु दिगो विकास समाजका अनुसार बर्दियामा अझै करिब २ हजार जना मुक्त कमैया पहिचान हुनबाट बञ्चित भएका छन भने बाँकेमा ३ देखि १५ धुरसम्मको लालपुर्जा भएकाहरुको जग्गा पहिचान हुन सकेको छैन् ।
मुक्त कमैया समाजका अनुसार जग्गाधनी पुर्जा पाएका तर जग्गा थाह नपाएका ५० बढि घर परिवार रहेका छन् । कमैया मुक्तिका कुराहरु धेरै भएपनि आफना लागि कसैले केहीगर्न नसकेको गुनासो छ बांँके कोहलपुर लोकनगर कमैया बस्तिका बासिन्दाहरुको ।
बांँकेको कोहलपुर चौराह नजिकैको लोकनगरमा १० वर्ष अघिदेखि बसोबास गर्दै आईरहेका मुक्तकमैयालाई सरकारले जग्गाधनी प्रमाणपत्र उपलब्ध गराएपनि केहि मुक्तकमैयाहरुले अहिलेसम्म आफ्नो नाममा भएको जग्गा पहिचान गर्न सकेका छैनन । लोकनगरमा रहेका ८ सय ३६ मुक्तकमैया परिवारलाई सरकारले २०६५ चैत्र ४ गते १० देखि १६ धुर सम्म जग्गा उपलब्ध गराएको थियो ।
कमैया मुक्ति गरी आफना लागि सामान्य आधारभुत आबस्यक्ता समेत राज्यले पुरा पुरा नगरेको मुक्त कमैयाहरुको गुनासो छ ।
यता जिल्ला भुमिसुधार कार्यालय बांकेका अनुसार बांकेमा २ हजार २ सय ६७ मुक्त कमैया भएकोमा क र ख बर्गका १ हजार ८ सय ३८ परिवारलाई २०६५ साल अगाडि नै पुनस्र्थापना गरिएको छ । बांकी परिवारसंग जग्गाधनी प्रमाणपुर्जा भएका कारण उनिहरुलाई पुनस्र्थापना गर्न नपर्ने कार्यालयले जनाएको छ ।
मुक्त कमैया समाज बाँकेका अनुसार २०५९ सालमा भएको लगतमा छुटेका २ हजार ६०९ जना मुक्त कमैयाको बास्तविक लगत लिन अझै पनि बांकी छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सीमा क्षेत्र विकास कार्यक्रम प्रभावकारी देखियो, २ हजार ३ सय मिटर पक्की सडक निर्माण, सोलार र सीपमुलक तालिम प्रदान

२ श्रावण २०७४, सोमबार २०:३०
सदरलाइन  / सिराज खान     ४ असार, नेपालगन्ज  : नेपाल–भारत सीमानामा रहेका नेपाली क्षेत्रको विकासका लागि बाँकेका सीमावर्ती क्षेत्रमा संचालन गरिएको सीमा क्षेत्र विकास विशेष कार्यक्रम जिल्लामा धेरै प्रभावकारी सावित भएको छ । भारतको सीमानासंग गाँसिएका बाँकेका साविकका १२ वटा गाविस र नेपालगञ्ज उपमहानगरपालिकामा गाभिएका २ वटा साविकको गाविसमा संचालन […]