नेपालगञ्ज : बाँकेमा एक साता निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा थपिए पनि सार्वजनिक यातायातका सवारीसाधन चल्न पाउनेगरी खुकुलो भएको छ । अरु अधिकांश नियम पुरानै छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लामा ‘जोर–विजोर’ नम्वर प्रणालीबाट यातायातका साधानहरु चल्न दिने निर्णय भएको जानकारी दिए ।
जनस्वास्थयका मापदण्ड पालना गरी सञ्चालन दिने निर्णय भएको उहाँको भनाइ छ । बजार व्यवसाय भने विहान ९ बजेदेखि ४ बजेसम्म खोल्न दिने निर्णय यथावत रहेको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।
जनस्वास्थ्यको मापदण्ड पालना गरेर पसल व्यवसाय खोल्न दिने निर्णय कायमै रहेको उनको भनाइ छ । दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढेपछि वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।