सदरलाइनडटकम
२९ बैशाख, नेपालगन्ज : नेपालगन्जमा जारी १४ वर्षमूनिको मेयरकप अन्तर बिद्यालय छात्र/छात्रा फुटबल प्रतियोगितामा शनिवार भएको खेलमा जनज्योति मावि कोहलपुर र अमर मावि सिगाउँ विजयी भएका छन् ।
पहिलो खेलमा जनज्योति मावि कोहलपुर र नेपालगन्ज मोडेल एकेडेमी विच भएको प्रतिस्पर्धामा जनज्योति मावि विजयी भएको छ । जनज्योति माविले नेपालगन्ज मोडेल एकेडेमीलाई ५ का विरुद्ध १ गोलले पराजित गरेको थियो ।
जनज्योति माविका तर्फबाट शिशिर थापाले २ गोल, विबेक शाहीले १ गोल, मोहन सिह मगरले १ गोल र, मुकेश घर्तीले १ गोल गर्न सफल भएका थिए । यस्तै नेपालगन्ज मोडेल एकेडेमी तर्फबाट सुशिल थापाले १ गोल फर्काउन सफल भएका थिए ।
यस्तै गुराँस चायल्डउड रिमझिम चोक र अमर मावि सिगाउँ विच भएको खेलमा दुवै टिम बराबरीमा सम्पन्न भएको थियो । बराबरीमा टुङगेको खेलमा रेफ्रिले सिधै ट्राईकेरमा प्रवेश गराएको थियो । ट्राईबेकरमा अमर मावि सिगाउँले ३ गोलले विजयी हासिल गरेको छ ।
बाँके जिल्ला फुटबल संघ र नेपालगन्ज उप–महानगरपालिकाको सयुक्त आयोजनामा भएको खेलमा १४ बर्ष मुनि र १६ बर्ष मुनी ब्वायज तथा १६ वर्ष मुनिको गर्ल्स गरि ३ वटा विधामा प्रतिस्पर्धा भई रहेको प्रतियोगितामा बाँके जिल्ला भरिका ३४ वटा टिमले सहभागिता जनाएका छन् ।
यु–१४ ब्वायजमा जम्मा १६ विद्यालयका टिमले सहभागिता जनाएका छन् भने यु–१६ ब्वायज टिममा १४ विद्यालयका टिमले सहभागिता जनाएका छन् । त्यसै गरि यु–१६ गर्ल्समा ४ विद्यालयका टिमले सहभागिता जनाएका छन् ।