आफ्नै बाबुको हत्या आरोपमा छोरा पक्राउ

सदरलाइन संवाददाता २९ भाद्र २०८०, शुक्रबार १४:१६
 

नेपालगञ्ज : दाङको घोराहीमा आफ्नै बाबुको कुटपिट गरेर हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले घोराह–५ दलजितपुरका ५१ वर्षीय प्रेमबहादुर केसीको हत्या गरेको आरोपमा २८ वर्षीय छोरा सन्तोष केसीलाई पक्राउ गरेको हो ।

सन्तोषले आफ्नै बुवालाई बिहीवार बाबुको मुख हेर्ने दिन राती ९ बजेतिर कुटपिट गरेका थिए । छोराको कुटाइबाट गम्भीर घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा शुक्रवार बिहान ३ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्युु भएको प्रहरीले जानएको छ ।


प्रहरीका अनुसार यसअघि पनि पक्राउ परेका सन्तोषले बुवालाई मदिरा सेवन गरी पटकपटक कुटपिट गर्दै आएका थिए ।

बिहीवार रातीनै पक्राउ परेका सन्तोषसँग प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको दाङ प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइशा मदरसामा बालिकाको अधिकार बारे वक्तृत्वकला

२९ भाद्र २०८०, शुक्रबार १४:१६
नेपालगञ्ज : ५९औं राष्ट्रिय बाल दिवसका अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगञ्जको आइशा मदरसातुल बनातमा बालिकाको बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । आइशा बाल क्लबद्धारा आयोजित सो प्रतियोगितामा १७ जना बालिकाहरुले बालिकाको बालअधिकार बारे आ–आफ्नो भनाई राखेका थिए । प्रतियोगितामा कक्षा ८ की […]

सम्बन्धित