एकसाता आइसोलेशनमा सेवा प्रवाहगरी सेल्फ क्वारेन्टाईनमा फर्केका स्वास्थ्यकर्मीलाई भब्य स्वागत

२६ बैशाख २०७७, शुक्रबार १९:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : खजुरामा सञ्चालनमा रहेको कोरोना बिशेष आइसोलेशन अस्पतालमा कार्यरत रही सेल्फ क्वारेन्टाइनका लागि फर्किएका स्वास्थ्यकर्मीलाई शुक्रवार फुलमालाले स्वागत गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

नेपालगञ्जको एक होटलमा उनीहरुलाई सेल्फ क्वारेन्टाईन बस्नको लागि व्यवस्था मिलाईएको छ । साताब्यापी डियूटी सकेर फर्किदा ती स्वास्थ्यकर्मीको मनोवल बढाउन खाना तथा भोजन उपसमिति र होटलका तर्फबाट फुलमाला बर्साइएको थियो ।

उपसमिति संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली, प्रवक्ता टंकबहादुर धार्मी, भेरी अस्पतालका नर्सिग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले दोसल्ला ओढाएर कोरोना बिरुद्धको उपचारमा संलग्न भएकोमा स्वास्थ्यकर्मीको प्रशंसा गरे ।


अग्रभागमा रही काम गरेकोमा आफुहरुले स्वास्थ्यकर्मीको प्रशंसा गरेको केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । उनका अनुसार आइसोलेशनमा एक हप्ता कार्यरत रहेका स्वास्थ्यकर्मीलाई चौध दिनका लागि सुविधा सम्पन्न होटलमा सेल्फ क्वारेन्टाइनमा राखिदै आएको छ ।

त्यसरी क्वारेन्टाइनमा बसेपछि स्वास्थ्यकर्मी फेरी काममा फर्किने गरेका छन् । उनीहरुको आवास तथा भोजनको व्यवस्थापनमा श्रेष्ठ लगायत नेपालगन्ज उद्योग वाणिज्य संघले संस्थागतरुपमा सहयोग गर्दै आएको छ ।

Next Post

नेपालगञ्ज आईपुग्यो दुईहजार पिसिआर किट

२६ बैशाख २०७७, शुक्रबार १९:४९
सदरलाइनडटकम, नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरानाको संक्रमण देखिएको नेपालगञ्जमा शुक्रबार कोरोनाको पिसिआर माध्यामबाट जाँच गर्नको लागि आवश्यक दुई हजार किट आईपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भेरी अस्पताल नेपालगञ्जमा रहेको प्रयोगशालामा पिसिआर माधयामबाट कोरोना जाँचका लागि पठाएको दुई हजार किट शुक्रबार साँझ प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर […]