पूर्वराजाको स्वागतमा भारत उत्तरप्रदेशका मुख्यमन्त्रीको पोष्टर

सदरलाइन संवाददाता २५ फाल्गुन २०८१, आईतवार १८:३९
 

काठमाडौँ :  काठमाडौमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उत्रेका राजावादीहरुले पूर्वराजा र भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको पोष्टर बोकेर हिडेको देखिएको छ ।

लामोसमयसम्म पोखराको बसाईपछि आइतबार काठमाडौँमा फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न त्रिभुवन विमानस्थल बाहिर पुगेका उनका सर्मथकले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको पोष्टर बोकेर पुगेको विषय विवादित बनेको छ । आदित्यनाथको पोष्टरमा राज संस्था पुनः स्थापना गरौँ भन्ने उल्लेख छ ।


आदित्यनाथ र ज्ञानेन्द्रको ठुलो पोष्टर बनाएर राजवादीहरु उपस्थित भएपछि अहिले राजावादीहरुको सक्रियतामा उत्तरप्रदेशका मुख्यमन्त्रीको सहयोग रहेको आशंका हुन थालेको छ । पूर्वराजा ज्ञानेन्द्रले पनि पटक पटक आदित्यनाथसँग उत्तर प्रदेश पुगेरै भेट गर्ने गरेको तथ्य बाहिरिएको थियो । तस्वीर : सामाजिक सञ्जाल 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केन्द्रको पुरातन सोचका कारण संघीयता कार्यान्वयनमा समस्या :  मुख्यमन्त्री कार्की

२५ फाल्गुन २०८१, आईतवार १८:३९
विराटनगर :  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रमा देखिएको पुरातन सोचका कारण संघीयता कार्यान्वयनमा समस्या उत्पन्न भएको बताएका छन् । उनले विराटनगरमा मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएको सातौं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । मुख्यमन्त्री कार्कीले केन्द्रमा भएको न्याय, सुरक्षा र राजनीतिक क्षेत्रमा पुरातन […]