नेपालगञ्ज : बाँकेमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज यही भदौ ७ र ८ गते दिइने भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माका अनुसार भेरोसेलको पहिलो डोज खोप लगाएकालाई यही भदौ ७ र ८ गते जिल्लाका आठवटै पालिकाका प्रत्येक वडाका स्वास्थ्य संस्थामार्फत दोस्रो डोज दिन लागिएको हो ।
बाँकेमा साउन ३, ४ ५ र १०, ११ र १२ गरी दुई चरणमा ८ पालिकाका ३३ हजार ३ सय ३३ जनालाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । ५५ वर्षमाथिका जेष्ठ नागरिक, यातायातकर्मी अर्थात सार्वजनिक सवारी साधनका चालक–सहचालक, शिक्षक तथा प्राध्यापकलाई खोप लगाइएको थियो ।