डुडुवा अध्यक्ष कप क्रिकेटमा भोली सेमीफाइनल हुने

३१ श्रावण २०७६, शुक्रबार १८:४२
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप टि—२० क्रिकेट प्रतियोगितामा शनिवार सेमीफाइनलका खेल हुने भएका छन् । भोलीको पहिलो खेलमा वडा नं. ३ र वडा नंं. ६ भिड्ने भने दोश्रो खेलमा वडा नं. २ र ५ भिड्ने भएका हुन् ।
गाउँपालिका शिक्षा शाखाद्धारा आयोजित डुडुवा—५ छग्रहवाको खेल मैदानमा जारी क्रिकेटमा शुक्रवार विहानको खेलमा १ विकेटले वडा नं. ३ ले जीत हासिल गरेको हो । वडा नंं. ३ ले १४ दशमलव २ बलमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनाएको छ । यसैगरि दोस्रो खेलमा वडा नंं ४ अलआउट भएपछि वडा नंं. ५ विजयी भएको छ । प्रतियोगितामा १ देखि ६ वटा वडा कार्यालय गरि ६ वटा समुहको सहभागिता रहेको छ ।
गत साउन २८ गतेदेखि शुरु भएको प्रतियोगिताको फाइनल खेल भदौ २ गते हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगद र दोस्रो हुनेलाई ३० हजार नगद प्रदान गरिने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार ग्रामीणस्तरमा खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आुयोजना गरिएको हो । प्रतियोगितामा वडा नं. ६ ले हालसम्म राम्रो प्रदर्शन गर्दै आएकोले आफ्नो वडा विजयी हुने वडाध्यक्ष मोहनराम मिश्रले दाबी गरे ।


Next Post

जनज्योती र अमर मावि फाइनलमा

३१ श्रावण २०७६, शुक्रबार १८:४२
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघले नेपालगञ्ज रंगशालामा आयोजना गरेको क्वीक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगितामा शनिवार भएको खेलमा गोलको वर्षा भएको छ । जनज्योती पब्लिक हाइस्कूल, कोहलपुर र अमर मावि, गौतमबस्ती फाइनलमा पुगेको खेलमा गोलको वर्षा भएको हो । दुई खेलमा तीन जना खेलाडीले ह्याट्रिक गरेका छन् भने […]