अन्जनी माता रसोईलाई बर्माको सहयोग

सदरलाइन संवाददाता १७ जेष्ठ २०७८, सोमबार १७:०५
 

नेपालगञ्ज : बाँके जिल्लाको भेरी अस्पताल नेपालगन्जमा अन्जनी माता रसोई श्रीसुन्दरकाण्ड मित्रमण्डललाई जेष्ठ १७ सोमवार भारत लखनउ निवासी विकास शर्माले समाजसेवी माधवराम वर्मामार्फत ५ हजार १ सय रुपैयाँको सहयोग गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका तथा श्रीसुन्दरकाण्ड मित्रमण्डलद्वारा सञ्चालित अन्जनी माता रसोई भेरी अस्पताल नेपालगञ्जमा कोभिड विरामी र बिरामीको आफन्त जो विरामी कुरेर बस्छन् उनीहरूका लागि बिहान र बेलुकाको खानाको व्यवस्थापन गरिरहेको अन्जनी माता रसोईलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ निवासी हाल भारत उत्तर प्रदेशको लखनउमा बस्दै आएका विकास शर्माले मानव सेवा नै धर्म हो यस किसिमको पुण्य कामको लागि उनले नगद ५ हजार १ सय रुपैयाँ सहयोग गरेका छन् ।


उहाँंले सहयोग गर्नुभएको रकम नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ निवासी पत्रकार तथा समाजसेवी माधवराम वर्माले अन्जनी माता रसोईका अध्यक्ष विनोदकुमार राठीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । मानव सेवा नै धर्म हो यस किसमको पुण्य कामको लागी उहांप्रति श्रीसुण्दरकाण्ड मित्रमण्डल परिवार हार्दिक आभार प्रकट गर्दछ । अन्जनी माता रसोईको व्यवस्थापनमा जितेन्द्रकुमार सिंहले गरी रहेका छन् ।

कोभिडको समयदेखि बिहान र बेलुकाको खानाको व्यवस्थापन गर्दै आई रहेको छ । २० रुपैयामा पेटभरि दैनिक ७/८ सय जनाले खाना खाईरहेका छन् । बिहान १६ जना र बेलुका १६ जना गरी ३२ जना कर्मचारी रहेका छन् । अन्जनी माता रसोईका प्रवक्ता बिमल चन्दले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा ३ जनाको ज्यान गयो

१७ जेष्ठ २०७८, सोमबार १७:०५
नेपालगञ्ज : कोरोनाबाट बाँकेमा थप तीनजनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको भेरी अस्पतालमा तीनजना संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा बढैयाताल गाउँपालिका–६ बर्दियाका ४२ वर्षीय पुरुष, बढैयाताल–२ का ४५ वर्षीया महिला र टिकापुर नगरपालिका–८ […]