आइशा मदरसामा बालिकाको अधिकार बारे वक्तृत्वकला

सदरलाइन संवाददाता २९ भाद्र २०८०, शुक्रबार १४:२५
 

नेपालगञ्ज : ५९औं राष्ट्रिय बाल दिवसका अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगञ्जको आइशा मदरसातुल बनातमा बालिकाको बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।

आइशा बाल क्लबद्धारा आयोजित सो प्रतियोगितामा १७ जना बालिकाहरुले बालिकाको बालअधिकार बारे आ–आफ्नो भनाई राखेका थिए । प्रतियोगितामा कक्षा ८ की बालिका शिफा खान प्रथम, कक्षा ९ की जन्नतुन हलवाई द्धितीय, कक्षा ४ की समरिन खान तृतीय र कक्षा ४ कै खुशी कसगढले सान्त्वना पुरस्कार प्राप्त गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि बाँके युनेस्को क्लबका संरक्षण अधिकृत गुलाम गौस, अतिथिहरु मदरसाका संस्थापक तथा कोषाध्यक्ष आलमिन राई, मदरसाका संस्थापक तथा सचिव मोहम्मद असलम हलवाईले पुरस्कार विजेता बालिकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।


मदरसाका अध्यक्ष बदरेआलम खानको सभापतित्वमा सम्पन्न भएको सो प्रतियोगितामा आफ्नो भनाई राख्दै प्रमुख अतिथि र अतिथिहरुले बालबालिकाको समग्र विकासका लागि बालअधिकार भित्र पर्ने सबै कुराहरु उनिहरुले पाउनुपर्ने जनाउँदै त्यसका लागि सरकारले व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

मुस्लिम समुदायका बालिकाहरु अभैmपनि विभिन्न कारणले शिक्षाबाट बञ्चित हुनु परेकोमो चिन्ता प्रकट गर्दै सोही कार्यक्रममा त्यसका लागि सरकारले आवश्यक सबै कदम चाल्नुपर्नेमा अधिकांश वक्ताको जोड थियो ।

मदरसाहरुको माध्यमबाट अहिले आएर धेरै मुस्लिम बालिकाले शिक्षा लिन पाएकोले मदरसाहरुलाई टिकाई राख्नका लागि पनि सरकारले सहयोग गर्नुपर्ने माग मुस्लिम समुदायका अगुवाहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्फ्लुएन्जा संक्रमण बढ्यो, सावधानी अपनाउन सुझाव

२९ भाद्र २०८०, शुक्रबार १४:२५
नेपालगञ्ज : बाँकेमा इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको संख्या बढ्न थालेको छ । भेरी अस्पतालमा आएका बिरामीको नमुना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको संख्या बढ्न थालेको देखिएको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन समेत रहेका कन्सल्टेन्ट फिजिसियन डा.खगेन्द्रजंग शाहले जानकारी दिए । विगत दुई सातादेखि इन्फ्लुएन्जा हुनेक्रम बढेको उनको भनाइ छ । […]

सम्बन्धित