बैजनाथ (बाँके) : पोषण कार्यक्रम अन्तरगत किसानले उत्पादन गरेको कृषि उपजलाई बजारिकरण गर्ने उद्देश्य तथा उनीहरुलाई व्यवसायिक कृषिकर्ममा प्रोत्साहन गर्नका लागि साप्ताहिक हाटबजार सञ्चालन गर्नुका साथै कृषि कर्ममा आवश्यक उपकरण हस्तान्त्रण गरिएको छ ।
केयर नेपाल र आईडिईको आर्थिक सहयोग तथा बैजनाथ गाउपालिकाको समन्यमा बि–ग्रुप नेपालगञ्जले पोषण कार्यक्रम अन्तरगत एक हजार दिनका आमा तथा विपन्न किसानलाई पोषण कार्यक्रममा जोड्नको लागि सो हाटबजार निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
बाँके बैजनाथ गाउपालिका वडानं. ३ ले पोषण कार्यक्रममा आवद्ध किसानले उत्पादन गरेको कृषि उपजको बजारिकरणका लागि साप्ताहिक हाटजार सञ्चालनमा ल्यार्र्ईएको वडा अध्यक्ष निखिल बैगारले जानकारी दिए ।
उनले पालिकामा रहेका हजार दिनका आमा तथा विपन्न समुदायले पोषिलो तथा अगौनिक तरकारी उपभोग गर्न पाउन भन्ने उद्देश्यले बि–ग्रुपसंगको सहकार्यमा प्रत्येक शुक्रबार सञ्चालन हुने गरी हाटबजार सञ्चालनमा ल्याईएको बताए ।
घरपायक ठाउँमा हाटबजार सन्चालन भएपछि आफ्नो करेसा बारिमा फलेका जुनसुकै तरकारी तथा फलफुल किनबेचका लागि धेरै सहज हुने स्थानीय कृषक पुर्णिमा शाही बताउछिन् ।
उनले भनिन–‘ पहिला टोकरीमा राखेर गाउगाउ डुलाएर बेच्नु पथ्र्यो तर अब भने सजिलो हुने भयो । हरेक शुक्रबार सञ्चालन हुन हाटबजारमा हाम्रो उत्पादन सजिलै बेच्न पाउने भयौ ।’
यसै अवसरमा तरकारी ओसार–पसारका लागि तिनपाङ्ग्रे पाइडल रिक्सा समेत १० जना कृषकहरुलाई वितरण गरिएको थियो । रिक्सा पाएपछि स्थानीय कृषक सविना चौधरीले खुसी व्यक्त गर्दै आफ्नो उत्पादन टोकरीमा राखेर बेच्नुपर्ने बाध्यताको अन्त्य भएको बताईन । रिक्साले आफ्नो कृषि उत्पादनलाई बजारीकरण गर्न सजिलो हुने उनको भनाई थियो ।


गाउपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले हाटबजारको दिगो तथा प्रभावकारी सन्चालनका लागि पालिकाले तारबार गरी तरकारी भण्डारण केन्द्रको स्थापनाका लागि बजेट समेत विनियोजन गर्ने बताए ।
उनले बैजनाथ कृषि कार्यका लागि अत्यन्त यर्वर भूमी भएको कुरामा जोड दिदै पालिकाले पनि अध्यक्षसंग किसान कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए । उनले सहकार्य गर्ने केयर नेपाल, आईडि नेपाल र बि–ग्रुप नेपालगञ्जलाई धन्यबाद दिदै आगामि दिनमा पनि सहकार्यको लागि आग्रह गरे ।
बी–ग्रुपका कार्यकारी निर्देशन डम्मर सुनारले बि–ग्रुपले केयर नेपाल र आईडि नेपालको आर्थिक सहयोगमा बाँकेका पाँच पालिका बैजनाथ, खजुरा, डुडुवा, जानकी र राप्तीसोनारी गाउपालिकामा पोषण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
उनले पोषण कार्यक्रम अन्तरगत बाँकेका पाँच पालिकाका ५–५ सय किसानलाई किसानकार्ड मार्फत सहयोग उपलब्ध गराउदै उत्पादित कृषि उपजलाई हाटबजार मार्फत बजारिकरण गरिदै आएको बताए ।
सो अवसरमा किसानलाई आफ्नो उत्पादन बजारसम्म पुराउन सजिलो होस भनेर १० वटा रिक्सा हस्तान्त्रण गर्नुको साथै बाँकेका विभिन्न पाँच गाउपालिकाका पाँच–पाँचसय किसानलाई किसान कार्ड मार्फत कृषि कर्मको लागि आवश्यक विभिन्न उपकरण विउविजन उपलब्ध गराएको कार्यकारी निर्देशक सुनारले जानकारी दिए ।
पोषण कार्यक्रममा आवद्ध भएका किसानले पोषिलो भन्साका लागि आफुले उपभोग गरेर बचेको विक्रिगरी आय आर्जन समेत गर्न सक्ने भएकोले किसानका बीचमा यो कार्यक्रम लोकपृय रहेको छ । बाँकेमा २ हजार ५ सय किसान परिवार यो कार्यक्रममा आबद्ध रहेका छन् ।
Very supportive and development loving Baijnath Palika Chairman Prakash Bahadur shahi and ward no 3 Chairman Nikhil Baigar. Baijnath, a very beautiful developing municipality place.